प्रभु बैंकले यसअघि जारी गरेकाे ४० प्रतिशत र पोखरा फाइनान्सले १५ प्रतिशत हकप्रद सेयर सूचीकृत गरेका हुन् ।
अन्य ७ कम्पनीहरु शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, मितेरी डेभलपमेण्ट बैंक, सिर्जना फाईनान्स, डिप्रोक्स लघुवित्त, प्रिमियर इन्स्योरेन्स, नेशनल र समता माईक्रोफाईनान्सले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेका बोनस सेयर शुक्रबार सूचीकरण गराएका हुन् ।
सूचीकृत भएको सेयरमध्ये सबैभन्दा बढी प्रभु बैंकको दुई करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद रहेको छ भने समता माईक्रोफाइनान्सको सबैभन्दा कम ६३ हजार २०० कित्ता रहेको छ ।