देवः विकास बैंकसँग बेचिन लागेकाे सहाराको नाफामा संकुचन

May 18, 2018 Merolagani

देवः विकास बैंकमा अाफुलार्इ विलय गर्न लागेको सहारा विकास बैंक (SHBL) काे तेश्रो त्रैमास निकै सुस्त बनेको छ । बैंकको व्यवसाय विस्तारमा मन्दी छाउँदा चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा खुद नाफा ३८ प्रतिशतले घटेको छ ।

बैंकले गत बर्ष तेश्रो त्रैमास अवधिमा एक करोड ४१ लाख ३२ हजार रुपैयाँ मुनाफा आर्जन गरेकोमा ५३ लाख रुपैयाँले गिरावट आएर ८७ लाख ५४ हजार रुपैयाँमा झरेको हो । बैंकको निक्षेप घटेको छ भने र कर्जा परिचालन पनि ६ लाखले मात्र बढेकाे छ । बैंककाे खुद व्याज आम्दानी समेत गत बर्षको तुलनामा १२ लाख रुपैयाँले घटेको छ ।

गत आवको ९ महिना अवधिमा बैंकले दुई करोड ६४ लाख खुद व्याज आम्दानी गरेकोमा हाल दुई करोड ५२ लाख मात्र आर्जन गरेको छ । ब्याज आम्दानी घटेर व्याज खर्च बढ्न खुद व्याज आम्दानी घटेको हो । बैंकको कर्मचारी खर्च ७२ लाखबाट एक अर्ब पुगेको छ भने यस अवधिमा खराब कर्जा अनुपात ३ प्रतिशतमा बढेपछि बैंकले नोक्सानी वापत ४५ लाख व्यवस्था गरेको छ ।

सात करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा ५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । गत बर्ष यसै त्रैमासमा बैंकको जगेडा कोष ४ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकले ३८ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३८ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी रहेको छ । बैंकले गत बर्ष ४३ करोड २२ लाख निक्षेप संकलन गरेर ३८ करोड २७ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकले जेठ ६ गते आइतबारदेखि एनआईबिएल एस क्यापिटल मार्फत चुक्ता पूँजीको एक कित्ता बराबर २.५० कित्ता अनुपातमा १८ लाख २४ हजार कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

२५० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पूँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्नेछ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९९ पैसा, प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २६ पैसा, मुल्य आम्दानी अनुपात २८ं.७६ र तरलता अनुपात ३३.५९ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।