रैराङमा एक अर्ब ३८ करोडको आवेदन, ७६ हजारले सेयर पाउने

May 18, 2018 Merolagani

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गते सोमबारदेखि निष्काशन गरेको आईपिओमा चार दिनमा १८.०८ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणका लागि निष्काशन गरेको ७ करोड ६४ लाखको माग गरिएको आईपिओमा एक अर्ब ३८ करोड १० लाख ४३ हजार रुपैयाँको आवेदन परेको हो ।

कम्पनीले निष्काशन गरेको ८ लाख ४० हजार कित्ता आईपिओमध्ये ७ लाख ६४ हजार कित्ता सर्वसाधारण र बाँकी सेयर कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

रैराङ हाइड्रोपावरको सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले साधारण सेयरमा कुल एक लाख ७७ हजार ३८६ जना आवेदन गरेको जनाएको छ । जुन आईपिओ प्राप्त गर्नेभन्दा एक लाख ९८६ जना अधिक हो । कम्पनीको आईपिओ ७६ हजार ४०० जना भाग्यमानी आवेदनकले गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गर्नेछन्  ।

यस आईपिओमा प्रतिसेयर १०० रुपैयाँको दरमा आवेदकले न्युनतम ५० कित्ता र अधिकतम चार हजार २०० कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था थियो । साधारण सेयरमा धितोपत्र बोर्डबाट आस्वा सुविधाको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाका अलवा आवेदकले मेरो शेयर मार्फत घर तथा कार्यालयबाटै आवेदन गरेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।