राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत बोनसमा बीमा समितिको अंकुस

May 20, 2018 Merolagani

- परमेश्वर अधिकारी
कम्पनी सञ्चालक समितिले गरेको निर्णय मात्र आधिकारिक नहुने भन्दै केही दिन अघि बीमा समितिका अध्यक्ष डा. चिरञ्जिवी चापागाईले लगानीकर्तालाई नियामकको निर्णय पर्खन आग्रह गरेका थिए । अहिले राष्ट्रिय बीमा कम्पनीले प्रस्ताव गरेको १२० प्रतिशत बोनस बक्यौता वर्षहरुको सस्पेन्स एकाउण्ट नमिलेका कारण अलपत्र परेको छ ।

झण्डै ३ महिना पहिले बीमा कम्पनीले बक्यौता ६ आर्थिक वर्षको साधारण सभा आह्वान गर्दै १२० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि बीमा समितिमा पठाए पनि अहिलेसम्म स्वीकृत हुन सकेको छैन । जसका कारण कम्पनीको सेयरमा लगानी गरेकाहरु अन्यौलमा परेका छन् ।

लगानीकर्ताले कम्पनीको प्रस्तावित लाभांस पाउन ढिलाई हुनुको कारण बीमा समिति हो ? भन्ने प्रश्नमा बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने, ‘हामीले राष्ट्रिय बीमा कम्पनीलाई २०६७/६३ देखि ३ आर्थिक वर्षको साधारण सभाको बाटो खोलिदिएका छौं । प्रस्तावित अरु ३ आर्थिक वर्षको केही विषयमा समस्या रहेकाले कम्पनीबाट जवाफ माग गरेका छौं ।’ कम्पनीको साधारण सभाको प्रकृया अघि नबढेको विषयमा बीमा समितिले अरु केही जानकारी दिएको छैन ।

यस्तो छ लाभांस अलपत्र पर्ने कारण

राष्ट्रिय बीमा कम्पनीले २०५१ सालदेखि २०७१ सालसम्म बीमा संस्थानका रुपमा रहँदाको कतिपय हिसाव अझै मिलाउन सकेको छैन । यस अघिको साधारण सभामार्फत ११४ प्रतिशत बोनस बितरण गर्ने क्रममा उसले विभिन्न आर्थिक वर्षको सस्पेन्स एकाउण्ट पछि मिलाउने शर्तमा बीमा समितिलाई फकाएको थियो । उक्त साधारण सभा भएका आर्थिक वर्षहरुको आम्दानीका हिसाव अहिलेसम्म कम्पनीले मिलाउन सकेको छैन । अहिले पनि उसले बीमा समितिलाई ३ आर्थिक वर्षको यस्तो हिसाव मिलाउन नसकेकाले पछि मिलाउने भन्दै मौखिक आग्रह गरिरहेको छ ।

मेरोलगानी स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीले विभिन्न आर्थिक वर्षको गरी झण्डै ८० करोड रुपैंया बराबरको सस्पेन्स एकाउण्टको हिसाव मिलान गर्न सकेको छैन । अहिले पनि कम्पनी उक्त हिसाव मिलान नगरी लाभांस तथा साधारण सभाको प्रस्ताव लिएर बीमा समिति गए पछि समितिले उसलाई सबै हिसाव मिलाएर आए पछि मात्र लाभांस स्वीकृत गर्ने भन्दै फर्काएको हो । समितिले पहिलेकै हिसाव मिलान नगरी अहिले हिसाव मिलाउने कुरामा विश्वास गर्न नसकिने भन्दै कम्पनीलाई तिब्र दवाब दिई रहेको छ ।

३ आर्थिक वर्षको साधारण सभा भने लाभांस रहित भएका कारण बीमा समितिले स्वीकृत गरेको हो । कुल ६ आर्थिक वर्ष मध्ये २०६३/६४ देखि २०६५/६६ बाट लगानीकर्तालाई कुनै लाभांस प्रस्ताव गरिएको छैन । जसका कारण बीमा समितिले उसको उल्लेखित ३ आर्थिक वर्षको साधारण सभा गर्ने बाटो खोलिदिएको छ । आर्थिक वर्ष २०६६/६७ देखि २०६८/६९ सम्मको ३ आर्थिक वर्षको कमाईबाट कम्पनीले सेयरधनीलाई १२० प्रतिशत बोनस प्रस्ताव गरेको हो । तर ३ आर्थिक वर्षको आम्दानीको हिसाव अहिलेसम्म कम्पनीले बीमा समितिलाई बुझाउन सकेको छैन ।

...[राष्ट्रिय बीमा कम्पनीले कति प्रस्ताव गर्यो बोनस ?]...

 

यति मात्र नभई बीमा समितिले बीमा संस्थानका रुपमा रहँदाको थप २ आर्थिक वर्षको आम्दानीको प्रष्ट विबरण नआउञ्जेल कुनै पनि लाभांस प्रस्ताव पारित नगराउने चेतावनी कम्पनीलाई दिएको छ । अब कम्पनीले प्रस्ताव गरेको १२० प्रतिशत बोनस बितरण गर्ने ३ आर्थिक वर्षहरु वर्ष २०६६/६७, २०६७/६८ र २०६८६९ को आम्दानीको हिसावका साथै पारदर्शी वित्तीय बिवरण बीमा समितिमा बुझाउनु पर्ने हुन्छ । यति मात्र नभई कम्पनीले त्यस पछिका थप २ आर्थिक वर्षको बिवरण पेश गरे पछि मात्र समितिले १२० प्रतिशत बोनस स्वीकृत गर्दै ६ आर्थिक वर्षको साधारण सभाका लागि स्वीकृती दिनेछ ।

त्यस पछि बीमा संस्थानबाट अलग भएर राष्ट्रिय बीमा कम्पनी बने पछिका विबरणका सम्बन्धमा समितिले अहिले चासो देखाएको छैन । समितिले कम्पनीलाई जसरी पनि आम्दानीका हिसाव पारदर्शी बनाउन दवाब दिए पछि अहिले बीमा कम्पनी तनावमा फसेको छ । लाभांस प्रस्ताव गरिसकेको सन्दर्भमा बजारको दवाब, कम्पनी भित्रका आन्तरिक समस्या अनि नियामकको निर्देशन अनुसारको विबरण तयार पार्ने सम्बन्धमा कम्पनीले कसरत गरिरहेको भए पनि कुनै निकास पाउन सकिरहेको छैन ।

यसरी निम्तियो समस्या

राष्ट्रिय बीमा कम्पनी सञ्चालक समितिमा आठ आर्थिक वर्षबाट लगानीकर्तालाई कुनै लाभांस नदिई साधारण सभा मात्र गर्ने प्रस्तावबाट छलफल सुरु भयो । यो बाटोमा जाँदा सबै हिसाव तत्काल नबुझाए पनि बीमा समितिले साधारण सभाको स्वीकृति दिने सम्भावना रहन्थ्यो ।

आर्थिक वर्ष २०७१/७२ पछिका वर्षमा खासै समस्या नरहेकाले यस्तो प्रस्ताव अघि आए पनि कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अधिकांस सञ्चालक लाभांस बिनाको साधारण सभाको विपक्षमा उभिए । फलत बाध्य भएर कम्पनीले हिसाव नमिलाई लाभांस प्रस्ताव गर्यो । तर बीमा समितिले अघिल्लो पटकको ११४ प्रतिशत बोनस बितरण गर्दा कम्पनीले झुक्याएको भन्दै त्यसबेलाको र त्यस पछिका ८ आर्थिक वर्षको पुरा विबरण आए पछि मात्र लाभांस स्वीकृत गर्ने अडान लियो । जसले कम्पनी आफुले गरेको निर्णय कसरी कार्यान्वायन गर्ने भन्ने समस्यामा फसेको हो ।

यसले बीमा समितिका अध्यक्ष डा. चापागाईको भनाईलाई चरितार्थ समेत गरेको छ । कम्पनी सञ्चालक समितिले गरेको निर्णयका भरमा उचालिएर सेयर किन्नेहरु अब के गर्छन, त्यो भने केही दिनमा देखिने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।