व्यवसाय र नाफा बढाउँदा भुक्तानीमा कमजाेर देखिए निर्जिवन बीमा कम्पनी

May 21, 2018 Merolagani

-तीर्थराज पाैड्याल
गत आर्थिक बर्षको तेश्रो त्रैमासकाे तुलनामा चालू अावकाे यसै अवधिमा निर्जिवन बीमा कम्पनीले १६ देखि ८७ प्रतिशतसम्म खुद नाफा बढाएका छन् । उनीहरुमध्ये ११ बीमा कम्पनीले खुद बीमा शुल्क आर्जन रकम बढाएका छन् । तर यी कम्पनी दाबी भुक्तानीमा भने कमजोर देखिएका छन् ।

चालू आवको ९ महिना अवधिमा १५ निर्जिवन कम्पनीले अाैसतमा ३६.३७ प्रतिशतले अाफ्नाे खुद नाफा बढाएका छन् । कम्पनीहरूले गत बर्ष तेश्राे त्रैमासमा एक अर्ब  ७६ कराेड खुद नाफा कमाएकाेमा बढेर दुर्इ अर्ब ४० कराेड पुर्याएका छन् ।

चालू अावकाे ९ महिना अवधिमा निर्जिवन  कम्पनीमध्ये शिखर इन्योरेन्सले सबैभन्दा कम १६.४२ प्रतिशतले खुद नाफा बढाउँदा युनाईटेड इन्स्योरेन्सले सबैभन्दा बढी ८७.७८ प्रतिशतले बढाएको छ । शिखरले २६ करोड ६४ लाखबाट खुद नाफा ३१ करोड एक लाख आर्जन गर्दा युनाईटेडले ४ करोड ९० लाखबाट ९ करोड २० लाख पुर्याएको छ ।

आईएमई जनरल, नेपाल इन्स्योरेन्स, र एभरेष्ट इन्स्योरेन्सको खुद नाफा युनाईटेडको भन्दा कम रहेको छ । नेकोले ६३.३३ र राष्ट्रिय बीमा कम्पनीले ७६.५५ प्रतिशतले खुद नाफा बढाएका छन् ।

पाँच कम्पनीले १० करोडभन्दा कम नाफा आर्जन गर्दा ७ कम्पनीले १० देखि २० करोड बीचमा नाफा कमाएका छन् भने तीन कम्पनीले २० करोड बढी नाफा गरेका छन् ।

समीक्षा अवधिमा ११ बीमा कम्पनीले खुद बीमा शुल्क आर्जन बढाएका छन् । पाँच बीमा कम्पनीले २० प्रतिशत भन्दा बढीले खुद बीमा शुल्क आर्जन बढाउँदा सबैभन्दा शिर्ष स्थानमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सकाे ४१.२५ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढेको छ ।

अन्य चार कम्पनीहरु नेपाल इन्स्योरेन्स, सगरमाथा, नेको र सिद्धार्थ इन्स्योरेन्सले पनि २० प्रतिशत बढीले खुद बीमाशुल्क आर्जन बढाएका छन् ।

यस अवधिमा युनाईटेड इन्स्योरेन्सको खुद बीमा शुल्क गत बर्षको तुलनामा १२.९५ प्रतिशतले घट्दा एभरेष्ट, एनएलजी, र लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क भने गत बर्षको तेश्रो त्रैमासभन्दा घटेको छ ।

निर्जिवन बीमा कम्पनीमध्ये शिखरले सबैभन्दा बढी एक अर्ब २२ कराेड खुद बीमा शुल्क अार्जन गरेकाे छ भने एभरेष्ट इन्स्याेरेन्सले  सबैभन्दा कम ७ कराेड ८५ लाख खुद बीमा शुल्क अार्जन गरेकाे छ । राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी एक अर्ब ३० कराेड बीमा काेष कायम गर्दा सगरमाथा इन्स्याेरेन्सकाे सबैभन्दा कम चार कराेड ६० लाख बीमा काेष रहेकाे छ ।

बीमा भुक्तानीमा भने कमजाेर

नाफा र खुद बीमाशुल्क बढाएका निर्जिवन बीमा कम्पनीहरु दाबी भुक्तानीमा भने कमजाेर देखिएको छन् । चालू आवको ९ महिना व्यतित भईसक्दा बीमा कम्पनीहरुबाट भुक्तान भएकाे रकमले नै उनीहरुको दाबी भुक्तानीकाे अवस्थालाई कमजाेर दर्शाउँछ ।

यसाे भन्नुको अर्थ प्रकृया नै पुरा नगरि दाबी भुक्तानी गर्नुपर्छ भन्ने किमार्थ होइन । भन्न खोजेको के हो भने धेरै बीमितहरुले बीमा कम्पनीहरुले प्रकृयागत कारण देखाएर ढिला बीमा रकम भुक्त्तानी गर्ने गरेको गुनासो गर्ने गरेका छन् । कम्पनीहरूले भुक्तानी गरेकाे दाबी रकम भन्दा भुक्तानी गर्न बाँकी रकम बढी हुनुले बीमितहरूको आरोपलाई कम्पनीहरूले नै पुष्टि गरेका छन् ।

 

तेश्रो त्रैमासको तथ्याङ्क अनुसार १५ मध्ये ९ बीमा कम्पनीले दाबी भुक्तानी गरेको रकम भुक्तानी गर्न बाँकी रकम भन्दा धेरै रहेको छ । यस अवधिमा निर्जिवन बीमा कम्पनीले ९ अर्ब ७ करोडको दाबी भुक्तानी गर्दा ९ अर्ब ७२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी देखिन्छ । राष्ट्रिय बीमा कम्पनीले भने भुक्तानी हुन बाँकी रकम उल्लेख गरेको छैन ।

एभरेष्ट, आईएमई जनरल, नेपाल इन्स्योरेन्स, युनाईटेड, लुम्बिनी जनरल, एनएलजी, प्रुडेन्सियल, सगरमाथा, र प्रिमियर इन्स्योरेन्सको दाबी भुक्तानी गर्न बाँकी रकम भुक्तानी गरेको रकम भन्दा बढी देखिन्छ ।

दाबी भुक्तानीका आधारमा प्रभु इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले २५ करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्दा ११ करोड २६ लाख मात्र भुक्तानी गर्न बाँकी छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी दुई अर्ब ७९ करोड भुक्तानी गर्दा उसले दुई अर्ब ९ करोडको दाबी भुक्तानी गर्न बाँकी छ । प्रिमियरले एक अर्ब एक करोड भुक्तानी गर्दा एक अर्ब ८ करोड भुक्तानी गर्न बाँकी छ । 

तीन निर्जिवन कम्पनीले पुर्याए बीमा समितिले तोकेको चुक्ता पूँजी

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी तीन निर्जिवन कम्पनीहरु नेको, शिखर, र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले पुर्याएका छन् । अन्य ९ कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ भने युनाईटेड, राष्ट्रिय बीमा कम्पनी, र एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँभन्दा कम रहेको छ ।

अागामी असार मसान्तसम्म सबै  निर्जिवन बीमा कम्पनीलाई बीमा समितिले न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको छ । यस अवधिमा १५ कम्पनीसँग कुल चुक्त्ता पूँजी ९ अर्ब ८८ कराेड र ४ अर्ब ६६ कराेड जगेडा काेष रहेकाे छ ।

 

(माथिको तथ्याङ्कमा तेश्रो त्रैमासिक विवरणलाई आधार लिइएको छ । यसमध्ये कतिपए कम्पनीले हकप्रद जारी गरेपनि पूँजीकृत नगरेका कारण यहाँ समावेश गरिएको छैन ।)

जगेडा कोषमा राष्ट्रिय बीमा कम्पनी अब्बल हुँदा युनाईटेड सबैभन्दा कमजोर

तेश्रो त्रैमासिक वित्तीय विवरण अनुसार सबैभन्दा बढी दुई अर्ब दुई करोड रुपैयाँको जगेडा कोष बनाउँदै राष्ट्रिय बीमा कम्पनीले सबैलाई उछिनेको छ । प्रिमियर इन्स्योरेन्सले ७० करोड ४६ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गर्दा अन्य सबै कम्पनीको जगेडा कोष ५० करोडभन्दा कम रहेको छ ।

युनाईटेड इन्स्योरेन्सले ३१ लाख रुपैयाँ जगेडा नोक्सानी व्यर्होदा एनएलजी, प्रभु इन्स्योरेन्सको १० करोडभन्दा कम जगेडा रहेको छ । सगरमाथाको ३८ करोड ८४ लाख र नेकोको ३० करोड १६ लाख सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी,नेटवर्थ, बजारमूल्य र मूल्य आम्दानी अनुपात सबैमा राष्ट्रिय बीमा कम्पनी उच्च
बीमा कम्पनीमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३ हजार ३४५ रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिसेयर आम्दानी पनि २३० रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ८५९ रुपैयाँ ७७ पैसा रहेको कम्पनीको आम्दानीको तुलनामा मूल्य पनि उच्च भएकाले मूल्य आम्दानी अनुपात पनि सबैभन्दा बढी ५७.८७ गुणा रहेको छ ।

६ कम्पनीको सेयरमूल्य एक हजार माथि

६ निर्जिवन बीमा कम्पनीको प्रतिकित्ता सेयरमूल्य एक हजार माथि रहेको छ । यसरी एक हजार माथि सेयरमूल्य हुने कम्पनीमा एभरेष्टको एक हजार ५४८, प्रिमियरको एक हजार २५०, शिखरको एक हजार ३५, युनाईटेडको एक हजार ६५, सगरमाथाको एक हजार ३९५ र राष्ट्रिय बीमा कम्पनीको १३ हजार ३४५ सेयरमूल्य रहेको छ ।

चार बीमा कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ बढी

चालू आवको तेश्रो त्रैमास अवधिमा राष्ट्रिय बीमा कम्पनी, प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, र एभरेष्ट इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ माथि रहेको छ । अन्य सबै कम्पनीको एक सय देखि १५० रुपैयाँ रहेको छ ।

हिमालयन जनरल प्रतिसेयर आम्दानी र बजारमूल्य दुबैमा कमजोर

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी प्रतिसेयर आम्दानी र बजारमूल्य दुबैमा निर्जिवन बीमा कम्पनीमा थोरै रहेको कम्पनी देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९७ पैसा र बजारमूल्य ४९० रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७५ पैसा छ ।

पाँच कम्पनीको प्रतिसेयर आम्दानीको तुलनामा सेयरमूल्य उच्च

पाँच निर्जिवन बीमा कम्पनीको प्रतिसेयर आम्दानीको तुलनामा सेयरमूल्य उच्च देखिएको छ । मूल्य आम्दानी अनुपातका आधारमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको ५७.८५ गुणा, एभरेष्ट इन्स्योरेन्सको ५६.३९ गुणा, नेपाल इन्स्योरेन्सको ४९.५५, आईएमई जनरलको ४७.८३ गुणा र प्रिमियर इन्स्योरेन्सको ४१.१२ गुणा बढी मूल्य आम्दानी अनुपात रहेको छ । नेको इन्स्योरेन्सको सबैभन्दा कम २३.४१ गुणा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।