गण्डकी विकास बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

May 21, 2018 Merolagani

गण्डकी विकास बैंक (GDBL ले प्रस्ताव गरेकोे १९.३१ प्रतिशत बोनस सुरक्षित गर्ने सोमबार अन्तिम दिन परेको छ । बैंकले जेठ २५ गते हुने साधारण सभाको लागि जेठ ८ गते मंगलबार देखि बुकक्लोज गर्ने भएको छ ।

जेठ ७ गतेसम्म कायम रहेका सेयरधनीले १९.३१ प्रतिशत बोनस तथा साधारण सभामा भागलिन पाउने छन् ।

बैंकले ४४ करोड ५० लाख ९२ हजार रुपैयाँ बोनस बितरणमा खर्चने भएको हो ।

साधारण सभा होटल पोखरा ग्रान्ड पार्दि विरौटा पोखरामा बिहान ८ः३० बजे हुने बैकले जानकारी गराएको छ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ छ बोनस बितरण पश्चात चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ हुने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।