खानीखोला हाइड्रोले सार्वजनिक गर्यो लगानीकर्तालाई निराश पार्ने विवरण

May 21, 2018 Merolagani

खानीखोला हाइड्रोपावर कम्पनी(KKHC) ले निरन्तर घाटा बढ्दै गएको वित्तीय विवरण सार्वजनिक गरेर लगानीकर्तालाई निराश बनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ११ करोड २८ लाख घाटामा रहेको प्रतिवेदन निकालेको छ । जुन पुषको भन्दा तीन करोड ५३ लाखले बढी हो ।

पुससम्म कम्पनी ७ करोड ७४ लाख घाटामा थियो । कम्पनीको प्रशासनिक खर्च, ऋणको खर्च तथा ह्रास कट्टी बृद्धि भएपछि घाटा बढेको हो । कम्पनीले विद्युत बेचेर ५ करोड ८२ लाख रुपैयाँ र अन्य स्रोतवाट ८ हजार आम्दानी गरेको छ । कम्पनीले बैंकको कर्जा ८२ करोड रुपैयाँ उपयाेग गरेकाे छ ।

४६ करोड ५७ लाख रुपैंया चुक्तापुजी रहेको कम्पनीको जगेडा कोष २३ करोड ५९ लाख रुपैंया नोक्सानीमा छ । गतबर्ष मात्र कम्पनीले आइपिओ बिक्री गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी २४.२३ रुपैयाँ ऋणात्मक, मुल्य आम्दानीको अनुपात ५.२८ गुणा ऋणात्मक, नेटर्वथ प्रतिशेयर ७२.५७ रुपैयाँ रहेको छ ।

कम्पनीले ललितपुरमा खानीखोलाबाट २ मेगावाट र टुंगुन ठोस्नेखोलाबाट ४.३६ मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजना बनाएको छ ।

मातातिर्थ माल्टा ३३ केभि प्रसारण लाइनको निर्माण कार्य नेपाल विद्युत प्रधिकरणले समयमै सम्पन्न गर्न नसक्दा आयोजना घाटामा गएको कम्पनीको भनाई छ । यस्तै तेस्रो त्रैमासिक अवधिमा पानीको बहाव कम भएकोले अपेक्षा अनुरुप विद्युत उत्पादन हुन नसकेको कम्पनीले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।