कम्पनीले आर्थिक बर्ष ०७३/०७४ मुनाफाबाट २२.०६ प्रतिशत बोनस तथा १.१६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो ।
जस अनुसार कम्पनीले १९ करोड ९२ लाख २८ हजार रुपैयाँ बराबरको बोनस र एक करोड चार लाख बराबरको नगद लाभांस वितरण गर्ने भएको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परिक्षकको कार्यालयको स्वकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिने कम्पनीका मुख्य व्यवस्थापक सुशिल कुमार अर्यालले बताए ।
कोषले गएको वैशाख ७ गते २२ औँ साधारणसभाबाट अघिल्लो आर्थिक बर्ष ०७२/०७३ को लाभांश पारित गरेको थियो । कम्पनीले अघिल्लो बर्षको मुनाफाबाट पनि २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।