सेयर बजार सामान्य,सरकारको नीति तथा कार्यक्रमको पर्खाइमा लगानीकर्ता

May 21, 2018 Merolagani

आगामी आर्थिक बर्षको लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिने दिन सोमबारको शेयरबजार सामान्य रहेको छ । पूँजी बजारको विकास र विस्तारका लागि सरकारले लिने नीति के हुने भन्ने कौतुहलता लगानीकर्तामा रहँदा बजार सामान्य रह्यो ।

सरकारको नीति तथा कार्यक्रम कस्तो आउला भनेर पूँजी बजारका लगानीकर्ता ब्यग्र प्रतिक्षामा रहेका छन् । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारको नीतिगत र संरचनागत सुधारका लागि बिशेष कार्यक्रम आउने अपेक्षा लगानीकर्ताले राखेका छन् ।

पूँजी बजारमा उत्पादनमुलुक कम्पनीलाई प्रवेश गराउन, गैह्र आवसीय नेपालीको लगानी पूँजी बजारमा भित्र्याउने, ब्रोकर लाइसेन्स देशव्यापी बनाउने लगायतका पुरानै कार्यक्रमलाई कुन प्राथमिकतामा राख्छ भने जिज्ञासा लगानीकर्तामा छ ।

त्यस्तै बैंकिङ्ग क्षेत्रमा विगतमा देखिएको तरलताको असहजता दोहोरिन नदिन, ब्याजदर सन्तुलित बनाउने बित्तिय उपकरणहरको प्रभावकारी कार्यान्वयन लगायतमा बिषयहरुमा सम्बोधन हुने आशामा लगानीकर्ता रहेका छन् ।

विभिन्न फोरमहरुमा सार्वजनिक रुपमा नियमन निकायहरु फितलो भएको गुनासो गर्दे आएका अर्थमन्त्री स्वयमले गर्दे आएकाले सरकारले राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से लगायतका वित्तीय क्षेत्रका नियमन निकायलाई बलियो बनाउने नीति तथा कार्यक्रम ल्याउने देखिएको छ ।

सोमबार नेप्से परिसूचक २.०६ अंकले घटेर १३३७.१३ अंकमा झरेको छ । कारोबारमा आएका अधिकांश समूहका उपसूचक ओरालो लागेपछि बजार बढ्न सकेन । यसदिन होटल,उत्पादन, अन्य र माइक्रोफाइनान्स समूहका सूचक सकारात्मक देखिएका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, वित्त र बीमा समूहका सूचक नकारात्मक रहे ।

कुल १६३ कम्पनीको कारोबार भएको बजारमा ३५ करोड ५४ लाख बराबरको सेयर कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा एक करोड बढी हो । बजार बढ्न नसकेपनि कारोबार रकममा भने क्रमश सुधार देखिन थालेको छ ।

यसदिन नागरिक लगानी कोषको सबैभन्दा धेरै २ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । कोषले गत बर्षको मुनाफाबाट २२ प्रतिशत बोनस प्रस्ताव गरेपछि कारोबार बढेको हो । जसको सेयरमूल्य समेत झण्डै चार प्रतिशतले बढेको छ ।

 

नयाँ नेपाल लघुवित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ९.७१ प्रतिशतले बढेको बजारमा स्वरोजगार लघुवित्त, नागवेली लघुवित्त, ग्लोबल आइएमई लघुवित्त लगायतका कम्पनी धेरै कमाउनेमा परे ।

त्यस्तै यसदिन सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । जसको शेयरमूल्य ५.७९ प्रतिशतले घटेको छ । तारा गाँउ होटल, प्रोगेशिभ फाइनान्स तथा जेबिल्स फाइनान्स लगायतका लगानीकर्ता धेरै गुमाउने कम्पनीमा समेटिएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।