आन्तरिक लगानी परिचालन गरी पूँजी बजार गतिशिल बनाउने सरकारको नीति

May 21, 2018 Merolagani

गैह्र आवसीय नेपालीको पूँजी उपयोगलाई प्रोत्साहन गरिने
सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा पूँजी बजारलाई गतिशिल बनाउने घोषणा गरेको छ । पूँजी बजारको विस्तार गरी आन्तरिक लगानी परिचालनलाई गतिशिल बनाइने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ । त्यस्तै सरकारले गैह्र आवसीय नेपालीको पूँजी उपयोग गर्न उत्प्रेरित गर्ने भएको छ ।

आन्तरिक स्रोत परिचालनमा वृद्धि गरी वित्तीय क्षेत्रको लगानीको प्रमुख हिस्सा पूँजी निमार्ण र उत्पादन वृद्धिमा प्रवाहित गरिने सरकारको योजना छ ।

त्यस्तै विभिन्न संघ संस्था र कोषहरु निष्किृय रहेको रकमलाई उत्पादन मुलक क्षेत्रमा परिचालन गरिने नीति अबलम्बन गरिने पनि उल्लेख गरिएको छ ।

यसैगरि, वित्तीय क्षेत्रको नियामक निकायहरुको क्षमता वृद्धि गरी नियमन र सुपरिवेक्षण प्रभावकारी बनाइने, सबै नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने बिषयले पनि कार्यक्रममा प्राथमिकता पाएको छ ।

प्रत्येक नेपाली नागरिकको बैंक खाता खोलिने, सरकारी, निजी र संगठित क्षेत्रबाट हुने सबै प्रकारका भुक्तानी बैंक खातामा मात्र हुने व्यवस्था गर्ने सरकारको नीति छ ।

गैह्र आवासीय नेपाली संघ (एनआरएन) को ज्ञान, सीप र पूँजीको प्रयोग गर्ने भनिएको छ । यसले पूँजी बजारमा एनआरएनको लगानी भित्र्याउन देखिएको समस्या समाधान गर्ने संकेत गरेको छ ।

विप्रेषण आयलाई अनावश्यक उपभोग, अनुत्पादन क्षेत्रमा लगानी र निष्कृय राख्ने प्रवृतिमा परिवर्तन गरि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने नीति सरकारले लिएको छ ।

राजस्व चुहावट र अपचलन तथा अबैध मुद्रा र सम्पत्ति शुद्धिकरण विरुद्ध कठोर कदम चालिने पनि उल्लेख गरिएको छ । वित्तीय अनुशासनमा कडाइ गरिन, सरकारी कोषको दोहन गर्ने प्रवृतिमा अंकुश लगाउने योजना सरकारको छ ।

देशको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा हालै जारी भएको श्वेतपत्रले देशको समग्र आर्थिक स्थिति कठिन अवस्थामा रहेको देखाएको छ । श्वेतपत्रमा देखिएका समस्याहरुको ठोस समधान खोजिने सरकारको नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।