पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानु नपर्ने

May 22, 2018 Merolagani

सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सोमबार संघीय संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्ने उल्लेख छ ।

त्यसैगरि देशभित्र व्यापक रोजगारीका अवसरको सिर्जना गरी रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन ल्याइने सरकारको नीति रहेको उल्लेख छ ।

त्यसैगरी सरकारले समान कामका लागि समान ज्यालाको नीति लागू गर्नाका साथै श्रमलाई सम्मानित र मर्यादित बनाउन श्रम कानूनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भएको छ ।

“श्रम अडिटअन्तर्गतको व्यवसायजन्य सुरक्षा निरीक्षण र श्रम निरीक्षणलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइदिनेछ, श्रम क्षेत्रमा आउने गुनासो र विवादलाई तत्काल समाधान गर्न अर्धन्यायिक निकाय स्थापना गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्थानीय तहमा रोजगार सूचना कक्ष स्थापना गरिने पनि जनाइएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।