सरकारी सेवा डिजिटलमा

May 22, 2018 RSS

सरकारले सरकारी सेवालाई डिजिटल माध्ययमबाट प्रदान गर्ने घोषणा गरको छ । सरकारको नीति तथा कार्यक्रममा सरकारी सेवाका कामलाई कागजी माध्ययलाई हटाएर डिजिटल प्रविधिमा प्रयोगमा जोड दिने सरकारको तयारी छ ।

सरकारको नीति तथा कार्यक्रममा सरकारी सेवाको सहज जानकारी पाउन सक्ने र आफ्ना गुनासा तथा सुझाव सम्बन्धित निकाय र पदाधिकारी समक्ष सोझै पठाउने सक्ने व्यवस्था गर्न ‘नागरिक अधिकार’ मोबाइल एप्स प्रयोगमा ल्याउने तयारी गरेको छ ।

यस्तै सबै नेपालीलाई वायोमेट्रिक सूचना र पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने छ । नीति तथा कार्यक्रममा सबै प्रकारका अनुगमनमा सूचना प्रविधि प्रयोग गरिने सरकारको तयारी छ ।

यसैगरी सेवा प्रदायक सबै सरकारी निकायलाई सूचना प्रविधि सञ्जालमा आबद्ध गरी प्रमुख नतिजा र निर्णय परीक्षण गरिने छ । राष्ट्रपति भण्डारीले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा सरकारले सबै प्रकारको सेवाको गुणस्तर कायम गर्न मानक तयार गर्ने उल्लेख गरिएको छ ।

यस्तै विद्यालय तथा विश्वविद्यालय, अस्पताल तथा स्वास्थ्य केन्द्र, सार्वजनिक यातायात, सडक, विमानस्थल, पार्क, सरकारी र नीजि क्षेत्रमा प्रदान गर्ने सेवमा ‘नेपाल गुणस्तर’लागू गरिनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।