उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भाषण गरेर देश नबन्ने भन्दै हरेक नागरिकले श्रम गर्नुपर्नेमा जोड दिए । उनले कर्णाली प्रदेशलाई पहिलोमा अर्गानिक र दोस्रोमा पर्यटकीय गन्तव्य बनाउने नीति लिइएको बताए ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशको आफ्नै विकासमैत्री सार्वजनिक खरिद ऐन निर्माण गर्ने बताए । योजनामन्त्री ज्वालाले बजेटको कमीले सडक बन्न नसक्ने अवस्था सिर्जना हुन नदिने विश्वास दिलाए ।
डिभिजन सडक कार्यालय, सुर्खेतका निमित्त डिभिजन प्रमुख जगतबहादुर शाहले प्रादेशिक सडकको अन्तिम गन्तव्य नाक्चेलाग्ना भएपनि हाल डुंगेश्वर गाउँपालिकादेखि दुल्लु नगरपालिका भएर भैरवी गाउँपालिकासम्म ३३ किलोमिटर सडक निर्माण गरिने बताए ।
सडक निर्माणका लागि रु तीन करोड ३५ लाखमा टेण्डर भएको छ । । यद्यपि सो ठेक्का घटेर रु एक करोड ८७ लाखमा केएसके निर्माण सेवाले सडक निर्माण कार्यको जिम्मा लिएको डिभिजन सडक कार्यालयले बताएको छ ।