नेपाल इन्स्योरेन्सको हकप्रद भर्ने मंगलबार अन्तिम दिन

May 22, 2018 Merolagani

नेपाल इन्स्योरेन्स (NICL) ले निष्काशन गरेको १ः१ अनुपातमा हकप्रद शेयरमा आवेदन गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख ५ गते देखि एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले हकप्रदमा आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ छ । हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख पुग्नेछ ।

इन्स्योरेन्सको शतप्रतिशत हकप्रदले समेत पाउने गरि २.२६२ प्रतिशत बोनस प्रस्ताव बैशाख २१ गते सम्पन्न ६९ औ साधारण सभाबाट पारित भैसकेको छ । बोनस पूँजीकरण पश्चात कम्पनीको पूँजी ६१ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयरमूल्य सोमबार प्रतिकित्ता ७०६ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।