नेप्सेले बोनसपछि बैंकको समायोजित सेयरमूल्य प्रतिकित्ता २१४ रुपैयाँ ५७ पैस निर्धारण गरेको छ । यसै मूल्यलाई आधार मानेर बैंकको सेयर कारोबार मंगलबार खुला भएको छ ।
बैंकको १८० दिनको सेयर कारोबारमूलयका आधारमा औसत आधारमूल्य २८० रुपैयाँ ७८ पैसा कायम भएको छ ।
कम्पनीले बोनस वितरण गर्न मंगलबार बुकक्लोज गरेको छ । यसअनुसार सोमबारसम्म कायम रहेका सेयरधनिले मात्र बैंकको बोनस सेयर प्राप्त गर्नेछन् ।
कम्पनीको आगामी जेठ २५ गते साधारण सभा आह्वान गरेको छ । सो सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई बोनस वितरण हुनेछ ।
बैंकको चुक्ता पूँजी २ अर्ब ३० करोड रहेको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ हुनेछ ।