बैंकले हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गरेका शेयरधनीको हकमा लाभांश रकम सम्बन्धित सेयरधनीको बैंक खातामा रकमान्तर गरिसकेको जनाएको छ ।
बैंकले १६ औं वार्षिक साधारण सभावाट पारित गरेको गत आर्थिक वर्षको ९ प्रतिशत अर्थात २३ करोड ७० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो।
बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ । बैंकको शेयर शेयर रजिष्ट्रारको कार्यलयवाट जेठ ९ गते देखि २१ गते सम्म भौतिक शेयरधनीहरुलाई लाभांस वितरण गर्ने भएको छ ।
यस्तै डिम्याट होल्डर शेयरधनीहरुलाई जेठ २२ देखि २८ गते सम्म वितरण गरिने बैंकले जनाएको छ ।