ओरिएण्टल इन्स्योरेन्स दुई करोड ८७ लाख जगेडा नोक्सानीमा

May 22, 2018 Merolagani

ओरिएण्टल इन्स्योरेन्स चालू आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा दुई करोड ८७ लाख रुपैयाँ नोक्सानी रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यद्यपी कम्पनीले गत बर्ष ८ करोड २१ लाख रुपैयाँको नोक्सानीलाई ६५ प्रतिशतले सुधार गरेको हो ।

चालू आवको ९ महिना अवधिमा कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत बर्ष यसै अवधिको तुलनामा ३८ प्रतिशतले कम हो । गत बर्षको तेश्रो त्रैमासमा कम्पनीले २० करोड ४१ लाख आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीको ४८ करोड ७९ लाख खुद बीमा शुल्क आर्जन गरेर ३७ करोड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्स कम्पनीले एक हजार २७१ संख्याको दाबी भुक्तानी वापत ४३ करोड ४२ लाख भुक्तानी गरेको छ भने एक हजार १३९ संख्याको ७७ करोड ४४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

कम्पनीको बीमा कोषमा ४९ करोड १२ लाख रुपैयाँ सञ्चित छ । यो इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।