ग्लोबल आइएमईको ८४औं शाखारहित बैंकिङ्ग मुनुवामा

May 22, 2018 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले जेठ ८ गते मंगलबारदेखि कैलालीको जानकी गाउँपालिका ४, मुनुवामा आफ्नो ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । अनुप कुमार रावतलाई शाखारहित बैकिङ्ग सेवाको स्थानिय व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखारहित बैकिङ्ग सेवाको उद्घाटन जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरी र ग्लोबल आइएमई बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

बैंकका १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर, ८४ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि-सर्म्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।