लुम्बिनी विकास बैंकका एकै दिन ३ शाखाहरु उद्घाटन

May 22, 2018 Merolagani

लुम्बिनी विकास बैंकले कपिलवस्तु जिल्लाको गजेहडा, सप्तरी जिल्लाको रुपनी तथा जनकपुरको लोहारपट्टीमा गरी मंगलबार एकैदिन ३ वटा शाखाहरुको औपचारिक रुपमा उद्घाटन गरेको छ ।

प्रदेश ५ अर्न्तगगत कपिलवस्तू जिल्लाको गजेहडा शाखाको बैंकका सञ्चालक चिन्तामणि भट्टराई, र प्रदेश २ अर्न्तगत सप्तरी जिल्लाको रुपनी शाखा तथा महोत्तरी जिल्लाको लोहारपट्टी शाखाको बैंकका उद्घाटन सञ्चालक गणेशराज रेग्मीले गरेका हुन् ।

बैंकको केन्द्रीय कार्यालय काठमाण्डौको डिल्लीबजारवाट सञ्चालन भई मुलुकका विभिन्न भागमा रहेका ६३ शाखा सञ्जालहरु तथा १२ एटिएम मार्फत विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै VISA  ATM, ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका सम्पुर्ण आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।