नेपाल बङ्गलादेश बैंकको ७० औं शाखा चौबिस, धनकुटामा

May 22, 2018 Merolagani

नेपाल बङ्गलादेश बैंक(NBB) ले शाखा बिस्तारको क्रममा आफ्नो ७० औं शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले जेठ ७ गतेबाट धनकुटा जिल्लाको चौबिसे, राजारानीमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । 

धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र चौबिसे गाँउपालिकाका अध्यक्ष खजिन्द्र राईद्वारा संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । 

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको बैंकले जनाएको छ । 

साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

राजारानी शाखा सहित बैंकले ७० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।