गरिमा रेमिट र ज्योति विकास बैंकबीच सम्झौता

May 22, 2018 Merolagani

गरिमा विकास बैंकले केही समय अघि सञ्चालनमा ल्याएको गरिमा रेमिट र ज्योति विकास बैंकले गरिमा रेमिटको सेवा दिने सम्बन्धमा सम्झौता गरेका छन् ।

सम्झौता अनुसार गरिमा रेमिटबाट आउने रेमिट्यान्स ज्योति विकास बैंकबाट प्राप्त गर्न सकिने बताइएको छ ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधव प्रसाद उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात देशभर रहेका ज्योति विकास बैंकका ५० शाखा कार्यालयमा गरिमा रेमिटको सेवा उपलब्ध हुनेछ । उल्लेखित शाखाहरुमा रेमिट मार्फत रकम भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न समेत सकिने बताइएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।