रैराङ हाइड्रोपावरको आईपिओ बाँडफाँड, ४३.५६% अावेदकले पाए १० कित्ता

May 23, 2018 Merolagani

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर बुधबार बिहान बाँडफाँड भएको छ । कम्पनीको सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बाँडफाँड गरिएको हो । हाइड्रोको सेयर गोलाप्रथाबाट ७६ हजार ४४० जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् ।

रैराङ हाइड्रोपावरले बैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म सर्वसाधरणमा ७ करोड ६४ लाख रुपैयाँ बराबरको ७ लाख ६४ हजार कित्ता सेयर खुला गरेको थियो । हाइड्रोले निष्काशन गरेको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ७ लाख ६४ हजार ४०० कित्ता सर्वसाधारण र बाँकी सेयर ३३ हजार ६०० कित्ता कर्मचारी र  ४२ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

रैराङको साधारण सेयरमा कुल एक लाख ७५ हजार ४७२ वटा आवेदन परेकोमा १९४ वटा आवेदन रद्द भएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीको सेयर १७.७८ गुणाले अधिक माग भएको थियो ।

क्यापिटलका अनुसार एक लाख ७५ हजार २७८ जना आवेदकको एक करोड ३५ लाख ७५ हजार ६०० कित्ता सेयरको आवेदन स्वीकृत भएको थियो । १९४ आवेदकको १२ हजार ७६० कित्ता सेयर माग आवेदन विविध प्रकारको त्रुटीका कारण रद्ध भएकाे  क्यापिटलले जनाएको छ ।

कुल आवेदकबाट एक करोड ३५ लाख ८८ हजार ३६० कित्ता सेयर माग भएकोमा १२ हजार ७६० कित्ता सेयर माग भएको १ सय ९४ आवेदन रद्द भएको हो । उनीहरुलाई सेयर बाँडफाँड प्रकृयामा सहभागी नगराइने क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ७ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको थियो । जस अनुसार ७६ हजार ४४० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

यस आईपिओमा  न्युनतम ५० कित्ता र अधिकतम चार हजार २०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियो । आईपिओको नतिजा मेरोलगानीमा प्रकाशित गरिएकाे छ।

रैराङ हाइड्रोपावरको आइपिओ तपाईलाई पर्यो कि परेन ? मेरोलगानीमा हेर्नुहोस् नतिजा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।