बिहीबारदेखि एशियन लाइफको ९८ हजार कित्ता शेयर लिलामीमा

May 23, 2018 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले हकप्रदमा बिक्री नभएको शेयर बिहीबारदेखि बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । हकप्रदमा नबिकेको सर्वसाधारण समुह तर्फको ९८ हजार २४६.२० कित्ता शेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो ।

आबेदन गर्न चहाने लगानीकर्ताहरुले जेठ १० गते अर्थात भोली देखि १७ गते सम्ममा कम्तीमा एक सय रुपैंयाको दरमा आवेदन गर्नु पर्ने हुन्छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यलय तथा शाखा कार्यलयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगंज र गोल्छाचोक विराटनगरमा पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढि शाखा कार्यलयहरुबाट पनि आवेदन दिन सकिने बताइएको छ ।

एशियन लाईफले गत फागुन १३ गतेदेखि बैशाख ३ गतेसम्म दुई बराबर एक कित्ता अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद जारी गरेको थियो ।

चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले तीन कराेड ३२ लाख रूपैयाँ खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५१ पैसा कायम गरेको छ । मंगलबार कम्पनीको प्रतिकित्तासेयर ७७७ रुपैंयामा किनबेच भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।