सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आइएफसीका आवाशीय प्रतिनिधि एमरेहान रशिदले हस्ताक्षर गरेका छन्।
सम्झौता भएसँगै इन्भेष्टमेण्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने छ। अन्तराष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनु पर्ने प्रावधान छ। सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा लगानी गर्ने प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डले बताए।
यसअघि इन्भेष्टमेण्ट बैंक र आइएफसीबिच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ। व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए। प्राप्त रकम नेपाली साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने बैंकले जनाएको छ।