राष्ट्रिय बाणिज्य बैंकले जेठ ३१ गते साधारण सभा गर्ने

May 24, 2018 Merolagani

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक यहि जेठ ३१ गते विहीबार १२ औं बार्षिक साधारण सभा गर्ने भएको छ । गत बैशाख १९ गतेदेखि एनआईडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको बैंकको एकीकृत भएपश्चात भने यो पहिलो साधारण सभा हो ।

बैंकले साधारण सभाका लागि जेठ १७ गतेदेखि २५ गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार जेठ १६ गतेसम्म कायम रहेका सेयरधनी सभामा सहभागि हुन पाउनेछन् । 

बैंकले साविकको एनआईडिसी डेभलपमेन्ट बैंकको कार्यालय दरबारमार्गमा दिउँसो १ बजे साधारण सभा आह्वान गरेको छ । साधारण सभामा बैंकले एनआईडिसीलाई प्राप्त गरेपश्चात बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव गरेको छ ।

यसैगरि आव २०७३/७४ को बार्षिक प्रतिवेदन उपर छलफल गर्ने, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने र आव २०७४/७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने रहेका छन् । 

एकीकृत बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ पुगेको छ भने बैंकको जगेडा कोष बढेर ८ अर्ब ३० करोड ५६ लाख रुपैयाँ सञ्चित भएको छ ।

बैंकको कुल सम्पति १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख तथा निक्षेप एक खर्ब ५४ अर्ब १७ करोड र कर्जा परिचालन एक खर्ब १५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

बैंकको शाखा कार्यालय ९१ छन् । देशमा औद्योगिक विकास गर्ने उद्देश्यले वि.सं. २०१६ सालमा एन.आई.डि.सी र आर्थिक,सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक वि.सं. २०२२ सालमा स्थापना भएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।