केही समय अघि मात्र ४० प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी ८ अर्ब नघाएको बैंकले डिबेञ्चार तथा बण्ड जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो । उसले लगानीकर्तालाई प्रतिफल प्रस्ताव गरेको छैन ।
साथै बैंकले सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक रहने व्यवस्था गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाँदै छ । आश्वा सँग सम्बन्धि प्रावधान परिमार्जन गर्ने र बैंकको प्रबन्धपत्र तथा नियमावली वाफिया अुनुकुल बनाउने प्रस्ताव पनि सँगै रहेको छ ।
ग्राण्ड बैंकलाई आफुमा विलय गरेपछि ग्राण्डतर्फको खराब कर्जा असुलीलाई प्राथमिकतामा राखेको बैंकले अहिले जगेडा कोषको आकार धनात्मक बनाएको छ । झण्डै साढे ३ अर्ब रुपैंया जगेडा कोषमा सञ्चित गरेको बैंकले यस पटक पनि लगानीकर्तालाई प्रतिफल बितरण नगर्ने निर्णय गरेको हो ।
ग्राण्डतर्फको खराब कर्जा असुलीका कारण गत आर्थिक वर्षको तेस्रो त्रैमासमा झण्डै डेढ अर्ब कमाई गरेको बैंकले अहिले ५७ करोड ८७ लाख कम अर्थात ८६ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकले ८७ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन र ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको छ ।
नाफा घटेपनि बैंकको कमाईलाई सकरात्मक मान्नुपर्ने आधार उसको व्यवशाय झण्डै २३ प्रतिशतले बढ्नु हो । व्यवशाय बिस्तारबाट नै आम्दानीको आकार बढ्ने भएकाले आगामी दिनमा बैंक अझै सबल बन्दै जाने अनुमान गर्न सकिन्छ ।
बैंकले निष्काशन गरेको ४० प्रतिशत हकप्रद नेप्सेमा सूचीकरण गराइसकेको छ भने अवितरित सेयर लिलाममा राख्न बाँकी छ । उक्त सेयर लिलाम गरेर प्रिमियम आर्जन गरे पछि बैंकको लाभांश बितरण क्षमता भने बढ्नेछ ।
बैंकले साधारण सभा प्रयोजनका लागि वैशाख २८ गते बुक क्लोज गरेकाले सभामा बैशाख २७ गतेसम्म कायम रहेका सेयरधनीले सहभागिता जनाउन सक्नेछन् । वैशाख १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले जेठ १० गते १६ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको थियो ।