एशियन लाईफ र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

May 24, 2018 Merolagani

जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।

बुधबार एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ ।

अब एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग कैलाश विकास बैंकका नेपालभरिका ५२ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिनेछ । 

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७४ चैत मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोष रु. १२ अर्ब ९ करोड, लगानी १२ अर्ब २८ करोड तथा चुक्ता पूँजी रु. १ अर्ब २० करोड (हालै जारी गरिएको ५० प्रतिशत हकप्रद शेयर पूँजीकरण पश्चात) रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।