सिद्धार्थ बैंकको लिलामी हकप्रद सेयरमा बोलपत्र पेश गर्ने विहीबार अन्तिम दिन

May 24, 2018 Merolagani

सिद्धार्थ बैंक (SBL) ले जेठ ३ गतेदेखि लिलामी खुला गरेको २ लाख १४ हजार ३३५ कित्ता हकप्रद सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने विहीबार अन्तिम दिन रहेको छ । 

बैंकले गत फागुन २ गतेदेखि निष्काशन गरेको ६८ लाख २६ हजार ११७ कित्ता सेयरमध्ये एक लाख ७४ हजार ३१५ कित्ता सर्वसाधारण र ४० हजार २० दशमलव ६४ कित्ता संस्थापक समूहको सेयर विक्री नभएपश्चात जेठ ३ गतेदेखि लिलाम बढाबढमा विक्रीमा ल्याएको थियो ।

हकप्रद सेयर लिलामी खरिद गर्न लगानीकर्ताले बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखाबाट आज ३ बजेसम्म मात्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको सेयर विहीबार नेप्सेमा प्रतिकित्ता ३२७ रुपैयाँ हाराहारीमा  कारोबार भैरहेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्राे त्रैमासमा एक अर्ब २२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

बैंकले गत वर्षको कमाईबाट वितरण गरेको १४ प्रतिशत बोनस र १० प्रतिशत हकप्रदश्चात पूँजीकरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ कायम हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।