भार्गव विकास बैंकको लिलामी सेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन

May 24, 2018 Merolagani

भार्गव विकास बैंक (BHBL) को संस्थापक हकप्रदमा आवेदन गर्ने पनि विहीबार नै अन्तिम दिन रहेको छ । बैंकले जेठ ३ गतेदेखि संस्थापक तर्फको ६ लाख ६७ हजार ७ सय ६ र सर्वसाधारण तर्फको ८५ हजार ६ सय ६४ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा ल्याएको हो ।

बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लिलामी सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा भार्गव विकास बकैंको प्रधान कार्यालय नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ । 

त्यसैगरि एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता वा १० अंकले भाग जाने संख्यामा अधिकतम कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

भार्गवले यसअघि कात्तिक २४ देखि पुस १४ गतेसम्म ८० प्रतिशत बराबरको २१ लाख १२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १३ लाख ५८ हजार ६३० कित्ताका लागि मात्र आवेदन परेको थियो ।

हाल भार्गवको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।