मन्त्रीहरुले पाउने तलबी सेवा सुविधको प्रयोजनका लागि भने सबै मन्त्रीहरुले एभरेष्ट बैंकमा खाता संचालन गरेका छन् ।
सरकारी स्वामित्वको कृषि विकास बैंकमा सबैभन्दा धेरै ६ जना मन्त्रीहरुको खाता रहेको पाइएको हो । कृषि विकास बैंक पछि माछापुच्छे र नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो स्थानमा परेको छ । जसमा ५ मन्त्रीले खाता खोलेका छन् । यस्तै नवील बैंकमा ४, नेपाल एसबीआई बैंकमा ३ र मेगा, सानिमा, नेपाल बंगलादेश बैंकमा दुई दुई मन्त्रीको बैंक खाता रहेको छ ।
त्यस लगायत मन्त्री तथा तिनका परिवारको खाता कुमारी बैंक, हिमालयन बैंक, जनता बैंक, प्रभू बैंक, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी बैंक, नेपाल बैंक र सिद्धार्थ बैंक, गण्डकी विकास बैंक, मुक्तिनाथ विकास बैंक र गुड्विल फाइनान्समा खाता रहेको तथ्य मन्त्रीहरुको सम्पत्ति विवरणमा उल्लेख गरेका छन ।
कुन मन्त्रीको खाता कुन बैंकमा ?
प्रधानमन्त्री ओलीले सरकारले प्रदान गर्ने सेवा सुविधा लिन खोलिएको एभरेष्ट बैंकमा खाता मात्रै रहेको उल्लेख छ । यस्तै उनको पत्नी राधिका शाक्यको माछापुच्छे र प्रभू बैंकमा खाता छ । रक्षामन्त्री ईश्वर पोखरेलको नाममा इन्भेष्टमेन्ट बैंकमा र उनकी पत्नीको नाममा सानिमा र माछापुच्छे्रमा खाता रहेको छ ।
गृह मन्त्री रामबहादुर थापाको आफ्नो र स्वकिय सचिवालय सदस्यको नाममा एभरेष्ट बैंकमै अलग अलग बैंक खाता रहेको उल्लेख गरेका छन् । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीको कृषि विकास बैंकमा खाता छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको नेपाल बंगलादेश बैंक, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रासाद यादवको नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता छ ।
यस्तै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको नवील, माछापुच्छे, एनआइसी एशिया, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता रहेको जनाएको छ । त्यस्तै उनकी श्रीमतिको पनि माछापुच्छे, एनआइसी एशिया, एभरेष्ट, स्ट्याण्र्डड चार्टर बैंकमा खाता रहेको छ । श्रम तथा रोजगार गोकर्ण बिष्टको इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, नवील बैंकमा खाता छ ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको एभरेष्ट र कृषि विकास बैंक, महिला तथा बालबालिका थममाया थापाको माछापुच्छे, कुमारी बैंक, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको नवील बैंक, संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीको एभरेष्ट र गण्डकी विकास बैंकमा खाता रहेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडा तथा उनकी पत्नीको नवील, माछापुच्छे, इन्भेष्टमेन्ट, सानिमा, जनता बैंकमा खाता रहेका छन् । यस्तै कृषिमन्त्री चक्रपाणी खनालले हिमालयन बैंक र नेपाल एसबीआई बैंकमा खाता खोलेका छन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालको मेगा, कृषि विकास र मुक्तिनाथ विकास बैंकमा खाता रहेको उल्लेख छ ।
उर्जा मन्त्री वर्षमान पुन, बन तथा वातवरण मन्त्री शक्ति बहादुर बस्नेत, खानेपानी मन्त्री बीना मगर, कानुन मन्त्री शेरबहादुर तामाङको सरकारले प्रदान गर्ने सेवा सुविधा प्रदान गर्ने एभरेष्ट बैंकमा मात्रै खाता रहेका छन् ।