जनता बैंकको एकैसाथ ५ नयाँ शाखा विस्तार

May 24, 2018 merolagani

जनता बैंक (JBNL) ले बुधबार एकै साथ ५ नयाँ शाखाबाट कारोवार सुरुवात गरेको छ । शाखा विस्तारको निरन्तरता दिन बैंकले गोलबजार सिराहा, नौकुण्ड रसुवा, दोरम्बा रामेछाप, तातोपानी जुम्ला र कालिकास्थान रसुवामा शाखा कार्यालयको स्थापना गरेको जनाएको छ ।

विस्तार गरिएका शाखामध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नत गरी शाखामा रुपान्तरण गरिएको र अन्य ४ शाखाको नयाँ स्थापना गरेका हुन् । उक्त शाखाहरु मार्फत स्थानीय उद्योगी, ब्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैकिङ सेवा प्राप्त गर्न सक्ने कुरा बैकले जानकारी गराएको छ ।

बैंकको देशभर ११५ शाखा कार्यालय र ४० शाखा रहित बैंकिङ्ग, २ एक्सटेन्सन काउन्टर एक सीमित बैंकिङ्ग इकाइ र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।