बुढानिलकण्ठ नगरपालिकामा सेञ्चुरीको शाखा र एक्सटेन्सन् काउन्टर सञ्चालन

May 24, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले बुढानिलकण्ठको मण्डिखटारमा विहीबारबाट शाखा कार्यालय औपचारीक सञ्चालनमा ल्याएको छ ।

उक्त्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका छन् । साथै बैंकले विहीबारबाटै आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं १२ को वडा कार्यालमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । 

बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, बुढानिलकण्ठ न.पा वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।