आगामी बर्ष लाभांश खुवाउने प्रभुको प्रण, डिबेन्चर तथा बण्ड पनि जारी गर्ने

May 24, 2018 Merolagani

प्रभु बैंक (PRVU) को १६ औँ बार्षिक साधारणसभामा लाभांशको कुरा उठेपछि बैंकले अर्को बर्ष सेयरधनीलाई खालि हात हुन नदिने प्रण गरेको छ । बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनले यस वर्ष कुनै लाभांश नदिएकोमा दुःख व्यक्त गर्दै आगामी बर्ष लगानीकर्तालाई निराश नपार्ने उद्घोष गरे ।

अध्यक्ष भट्टचनले प्रभु बैंकले ब्रान्डिङ र कारोबार बिस्तारमा जोड दिने बताए । अब हामी थप मर्जरमा जाँदैनौ तर कोही संस्थालाई किन्न परे पछि हट्दैनौ, उनले भने ।

सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले राष्ट्र बैकंले तोके बमोजिमको चुक्ता पूँजी नपुगी वार्षिक साधारण सभाका लागि स्वीकृति नदिएकाले यो वर्ष साधारण सभाको लागि ढिलाई भएको प्रष्ट पारे । ४० प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब नाघेको उनले जानकारी दिए ।

बैंकको साधारण सभाले गत आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पारित गरेको छ । त्यस्तै संचालकहरुको नियुक्ति अनुमोदन, प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने, डीडीए गर्ने प्रस्ताब, एक्विजजिशका लागि संचालक समितिलाई अख्तियारी दिने, डिबेन्चर तथा बण्ड जारी गर्ने लगायतका प्रस्ताबहरु पारित गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ८६ करोड ७१ लाख नाफा कमाएको छ । हाल बैंकका १ सय ४८ ओटा शाखा कार्यालय रहेका छन् । वाणिज्य बैंक नपुगेका ३१ वटा स्थानीय तहमा शाखा खोल्ने जिम्मा पाएको बैंकले १५ तहमा शाखा विस्तार गरेको जानकारी दिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।