नौ महिनामा झण्डै दुई अर्ब शेयर मार्जिन कर्जा प्रवाह, कुल ४२ अर्ब नाघ्यो

May 24, 2018 Merolagani

चालु आर्थिक बर्षको नौ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले  करिब दुई अर्ब रुपैयाँ शेयर मार्जिन कर्जा प्रवाह गरेका छन् । नौ महिनाको अवधिमा शेयर मार्जिन कर्जा लगायत राष्ट्र बैंकले निरुत्साहीत गरेका ओभरड्राफ्ट, घरजग्गा तथा हायेर पर्चेज कर्जाको रकम बढेपनि समग्र वृद्धिदर भने घटेको छ ।

गत असारसम्म कुल ४० अर्ब ५० करोड शेयर मार्जिन कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाहरुको यस्तो कर्जा  एक अर्ब ८० करोडले बढेर चैत्रसम्म ४२ अर्ब ३० करोड पुगेको छ । तर समग्रमा यस्तो कर्जाको वृद्धिदर भने घटेको छ । 

चैत्रसम्म बैंकहरुले प्रवाह गरेको शेयर मार्जिन कर्जा कुल कर्जाको १.८ प्रतिशत मात्र छ । जबकी गत असारमा यस्तो अनुपात २ प्रतिशत थियो ।

सेयरबजारमा आएको निरन्तरको गिरावट र ब्याजदर महगिदैँ गएपछि मार्जिन कर्जाको वृद्धिदरमा कमी आएको हो । केन्द्रीय बैंकले पनि पछिल्लो समयमा कम प्राथमिकता प्राप्त क्षेत्रको कर्जामा कडाई गर्दै आएको छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये ओभर ड्राफ्ट कर्जाको अंश १७.७ प्रतिशत, घर जग्गा कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १४.४ प्रतिशत र हायर पर्चेज कर्जाको अनुपात ७.१ प्रतिशत रहेको छ । जुन ०७४ असारको तुलनामा कम हो ।

चैत सम्ममा  बैंक तथा वित्तीय संस्थाहरुले ४ खर्ब ९ अर्ब ओभर ड्राफ्ट, तीन खर्ब ३२ अर्ब ९० करोड घरजग्गा कर्जा, एक खर्ब ६४ अर्ब हायर पर्चेज कर्जा प्रवाह गरेका छन् । यी क्षेत्रमा गरिएको कर्जाको रकम असारको भन्दा धेरै भएपनि समग्रमा कुल कर्जाको अनुपातमा भने कर्जाको वृद्धिदर खुम्चिएको छ ।

तरलताको असहज अवस्था रहेको बताउदै आएका बैंकहरुले राष्ट्र बैंकको नीति अनुसार यी क्षेत्रको कर्जा विस्तार निरुत्साहित हुँदै गएको हो। 

 

वाणिज्य बैंकहरुले प्रवाह गरेको ३७ अर्ब कर्जा राष्ट्र बैंकको सुक्ष्म निगरानीमा,३३ अर्ब निष्क्रिय

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।