लघुवित्तको गत मंसिर २५ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो भने गत माघ २३ गते हकप्रद जारी गर्न लघुवित्तले धितोपत्र बाेर्डमा निवेदन दिएको थियो ।
बाेर्डबाट हकप्रद जारी गर्न स्वीकृती प्राप्त गरेसँगै अब नागबेलीले ७ कराेड ६६ लाख ४६ हजार ३१५ रूपैयाँकाे हकप्रद जारी गर्नेछ । जसका लागि कम्पनीले एनएमबि क्यापिटललाई हकप्रद निष्काशन तथा विक्री प्रबन्धक तोकिसकेको छ ।
हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पूँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।
चालू आर्थिक बर्षको तस्रो त्रैमासमा लघुवित्तले एक करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९९ पैसा कायम गरेको छ । कम्पनीको विहीबार प्रतिकित्ता सेयरमूल्य २७५० रुपैयाँ रहेको छ ।