सिन्धु विकास बैंकको ५ लाख ३८ हजार कित्ता संस्थापकमा लिलामी खुल्यो

May 25, 2018 Merolagani

सिन्धु विकास बैंक (SINDU) ले शुक्रबारदेखि हकप्रदमा बिक्री नभएको ५ लाख ३८ हजार ३०१ किता संस्थापक सेयर लिलामीमा ल्याएको छ । साविकका संस्थापक सेयरधनीबाट उक्त परिमाणको शेयरमा आवेदन नआएपछि बैंकले सर्वसाधारणले समेत पाउनेगरी बोलकबोल मार्फत बिक्री गर्न लागेको हो ।

लिलामीमा जेठ ११ गते देखि २७ गतेसम्म आवेदन गर्न सकिनेछ । जसको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

लिलामीको सेयरमा न्यूनतम एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम सय कितादेखि लिलामीमा निष्काशित सम्पूर्ण सेयरको लागि आवेदन दिन सक्नेछन् ।

सेयर लिलामी गर्न ईच्छुक व्यक्तिले एनआईबिएल एस क्यापिटल तथा क्यापिटलको शाखा कार्यालय लालदरबार, लगनखेल ललितपुर, पोखरा चिप्लेढुङ्गा, बुटवल ट्रफिकचोक, वीरगंज आदर्शनगर र विराटनगर गोल्छा चोकबाट आवेदन दिन सकिने व्यवस्था गरेको बैंकले जानकारी गराएको छ ।

बैंकले चुक्तापूँजी बढाउन गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेको संस्थापक हकप्रद सेयर लिलामी गर्न लागेको हो ।

चालू आवको तेश्रो त्रैमासमा बैंकले एक कराेड ८१ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७८ पैसा कायम गरेको छ । विहीबार बैंकको सेयर प्रतिकित्ता १४१ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।