प्रभु इन्स्योरेन्समा को को बने सञ्चालक ? अध्यक्षमा लामा दोहोरिइन्

May 25, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) को बिशेष साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ सदस्य  छनौट गरेको छ । जेठ १० गते विहीबार सम्पन्न  बिशेष साधारणसभाले सञ्चालकहरूकाे चयन गरेकाे हाे ।

कम्पनीमा संस्थापक समुहबाट कुसुम लामा, कृष्णबहादुर कुँवर र अशोक खड्गी सञ्चालकमा निविरोध निर्वचित भएका छन् । 

यस्तै सर्वसाधारण समुहबाट राजेन्द्र मल्ल, रणकेशव प्रधान र राज गोपाल राजभण्डारीलाई सञ्चालकहरुमा निर्वचित भएका छन् । कर्मचारी सञ्चय कोषको तर्फबाट जितेन्द्र धितालले सञ्चालकको रुपमा प्रतिनिधित्व गरेका छन् ।

साधारणसभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको बैठकले सञ्चालक कुसुम लामालाई अध्यक्षमा पुनः सर्वसम्मतीले चयन गरेको छ । 

प्रभु इन्स्योरेन्सले ४६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रयोजनका लागि जेठ १४ गते सेयरधनी किताब बन्द गर्देछ ।

प्रभु इन्स्योरेन्सले धितोपत्र बोर्डबाट बैशाख २७ गते १० बराबर ४.६ कित्ता अनुपातमा ३१ लाख ६६ हजार ६७७. ६३ कित्ता हकप्रद सेयर निष्कासन गर्न स्वीकृती प्राप्त गरेको थियो । जसमा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्देछ ।

इन्स्योरेन्सले जारी गर्ने हकप्रद बिक्री पश्चात उसको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम एक अर्ब रुपैयाँ नाघ्नेछ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।