सनराइज बैंकको वित्तीय जाेखिम न्युन, केयर रेटिङ्ग नेपालको "A-" ईस्यूवर रेटिङ्ग

May 25, 2018 Merolagani

सनराइज बैंक (SRBL) मा वित्तीय जोखिमको अवस्था न्युन रहेको पाइएको छ । बैंकलाई केयर रेटिङ्ग नेपालले "A-" ईस्यूवर प्रदान गरेको छ । यसले संस्थामा वित्तीय दायित्व निर्वाह गर्ने क्षमता प्रयाप्त रहेको समेत जनाउँछ ।

"A-" रेटिङ्ग भएका वित्तीय संस्थाहरुमा वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहने तथा “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ ।

केयर रेटिङ्ग नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई एक कार्यक्रमका माझ "A-" ईस्यूवर रेटिङ्ग प्रदान गरेको पत्र हस्तान्तरण गरेका छन् ।

बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखीमहरुलाई न्यूनिकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गरेको बताएको छ ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । यस अन्तगत देशभरका ६० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुनेछ ।

साथै बचत मौज्दातको ४ गुणा वा पाँच लाख सम्मको दुर्घटना बीमा पनि बैंकले प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।