मिथिला लघुवित्तको खुद नाफा ७८ लाख

May 25, 2018 Merolagani

चालु अर्थिक बर्षको तेश्रो त्रैमासमा मिथिला लघुवित्तले ७८ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको तेश्रो त्रैमासमा ६७ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको लघुवित्तको यस बर्ष १५.७० प्रतिशतले बढी नाफा आर्जन गरेको हो ।

लघुवित्तको चुक्ता पूँजी ६ करोड ५९ लाख रुपैयाँ र जगेडा कोषमा एक करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।

यस बर्षको तेश्रो त्रैमाससम्ममा लघुवित्तले १५ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन र ५४ करोड ३२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

कम्पनीले ब्याज आम्दानी ६ करोड ५२ लाख र ब्याज खर्च ३ करोड २५ लाख गर्दा खुद आम्दानी ३ करोड २६ लाख रुपैयाँ गरेको छ ।

निकृय कर्जा ३.७९ प्रतिशत रहेको कम्पनीको प्रति सेयर आम्दानी १५.८६ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।