सूर्योदय लघुवित्तको २८ हजार कित्ता सेयर लिलामीमा

May 27, 2018 Merolagani

सूर्योदय लघुवित्त (SLBS) ले आइतबार (जेठ १३) गतेदेखि २८ हजार ८२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारण समूहको १९ हजार ६८२ कित्ता र संस्थापकको ८ हजार ४०० कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लघुवित्तको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीको लिलामीको सेयरमा ग्लोबल आइएमई क्यापिटल, सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय स्याङजा पुतलीबजार तथा ग्लोबल आइएमई बैंकको वीरगञ्ज, बनेपा, हेटौंडा, विराटनगर, सुर्खेत, धनगढी, पोखरा सभागृह चोक, बुटवलको मिलनचोक र नेपालगञ्जको त्रिभुवनचोकबाट जेठ २० गते सम्ममा शिलबन्दी बोलपत्र बुझाउन सक्ने छन् ।

लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक सय कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन गर्न सक्ने छन् ।

आईतबार कम्पनीको प्रति सेयर १६६० रुपैयाँको हाराहाराहारीमा करोबार भईरहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्योदयले १ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।