कम्पनीको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जेठ १५ गते मंगलबार बिहान साढे ९ बजे हिरा प्यालेस ब्याङक्वेट नयाँ बानेश्वरमा बोलपत्र खोल्ने जनाएको छ ।
कम्पनीले चुक्ता पूँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म १६० प्रतिशत हकप्रद बिक्री खुला गरेकोमा २ लाख ७१ लाख ५४१ कित्ता शेयरमा आवेदन नपरेपछि उक्त शेयर लिलामी गरेको हो ।
चालु आवको तेश्रो त्रैमासमा कम्पनीले १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २८ पैसा कायम गरेको छ ।