अर्थमन्त्रीले स्थिर र सुधारउन्मुख बतार्इरहँदा सेयर बजारमा भने दोहोरो अंकको गिरावट

May 27, 2018 Merolagani

गत साता देखि निरन्तर ओरालो लागेको सेयरबजार यो साताको पहिलो दिन पनि ओरालो लागेको छ । कारोबारमा आएका व्यापार बाहेक सबै समूहका सूचक घटेपछि नेप्से दोहोरो अंकले घटेर १३०० अंकमा झरेको छ ।

चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा सेयरबजार स्थिर र सुधारउन्मुख रहेको अर्थमन्त्रीको भनाई विपरित बजारमा भने निरन्तर गिरावट देखिएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएदेखि नकारात्मक बनेको शेयरबजार बजेटको पर्खाइमा देखिन्छ ।

आइतबार १७.८१ अंकको गिरावट आएको नेप्से १३००.४१ अंकमा झरेको छ । सरकारले नीति तथा कार्यक्रम ल्याउँदा देखिनै घटेको बजार बजेट सार्वजनिक हुने दिन नजिकदै गर्दा तिब्र रुपमा घट्दा लगानीकर्ताहरु कम आशावादी देखिएको संकेत गरेको छ ।

तर कारोबार रकममा आएको सुधारले सस्तो मूल्यमा शेयर उठाउनेहरुको कमी नरहेको देखाउँछ । यसदिन १६१ कम्पनीको ३९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

 

आइतबारको बजारमा व्यापार उपसूचक बाहेक अन्य सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै बीमा समूहको सूचक १२२ अंकले घटेको छ । त्यस्तै वित्त र उत्पादन बाहेकका सबै सूचक दोहोरो अंकले झरेको छ ।

आइतबार सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको ४ करोड ६० लाख रुपैयाँको कारोबार भयो । त्यस्तै रिलायन्स फाइनान्सका शेयरधनीले ७ प्रतिशतले कमाएका छन् भने प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले ५ प्रतिशतले गुमाएका छन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।