प्रभु इन्स्योरेन्सको ४६% हकप्रदपछि कति तोकियो मूल्य ?

May 28, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) को ४६ प्रतिशत हकप्रदपछि सोमबार सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले हकप्रद समायोजन गरि इन्स्योरेन्सकाे प्रतिकित्ता सेयरमूल्य ५४० रुपैयाँ निर्धारण गरेको छ भने औसत आधारमूल्य ७२५ रुपैयाँ ३६ पैसा कायम भएको जनाएको छ ।

प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्न आज (जेठ १४ गते) सेयरधनी किताब बन्द गरेकाले आइतबारसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद पाउनेछन् । प्रभु इन्स्योरेन्सले धितोपत्र बोर्डबाट बैशाख २७ गते १० बराबर ४.६ कित्ता अनुपातमा ३१ लाख ६६ हजार ६७७।६३ कित्ता हकप्रद सेयर निष्काशन गर्न स्वीकृती प्राप्त गरेको थियो ।

हकप्रद जारी गर्न प्रभु क्यापिटललाई विक्री प्रबन्धक तोकिएको छ । इन्स्योरेन्सले जारी गर्ने हकप्रद बिक्री पश्चात उसको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम एक अर्ब रुपैयाँ नाघ्ने भएको छ ।

कम्पनीको गत कात्तिक २१ गते सम्पन्न साधारणसभाले १९.२० प्रतिशत बोनस पश्चात ४६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

चालू आवको तेश्रो त्रैमासमा कम्पनीले १३ करोड ०८ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १९ रूपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।