पोखरा फाइनान्सले ८.२६% बोनस पारित गर्न डाक्यो साधारण सभा

May 28, 2018 Merolagani

पोखरा फाइनान्स (PFL) ले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको ८.२६ प्रतिशत बोनश शेयर वितरण गर्न असार ५ गते २१ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समितिको जेठ ११ गते शुक्रबार बसेको ४४८ बैठकले दरबारथोक बैंक्वेट बास्तोलाथर पोखरामा बिहान ८:३० बजे सभा आह्वान गरेको छ । 

सभामा फाइनान्स कम्पनीले ६ करोड २२ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन कार्याक्रम समेत रहेको छ ।

फाइनान्सको अधिकृत, जारी र चुक्ता पुँजी बृद्धि गर्ने, लेखापरिक्षक नियुक्ती गर्ने लगायत सञ्चालकहरुको भत्ता एवं सुविधा वृद्धि गर्ने प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन सम्बन्धी विवरण र नगद प्रवाह विवरण एवं अनुसूचीहरुमा माथि छलफल गरी पारित गर्ने जनाएको छ ।

साधारण सभाको प्रयोजनको लागि जेठ २७ गते देखि असार ५ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने कम्पनीले जनाएको छ । यसअनुसार फाइनान्सको बोनस प्राप्त गर्न जेठ २६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

७५ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको पोखरा फाइनान्सको बोनसपश्चात ८१ करोड ६४ लाख ४९ हजार रूपैयाँ पूँजी पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।