बीमा क्षेत्रको स्रोत २९.४ प्रतिशतले बृद्धि, लगानी योग्य रकम १८८ अर्ब

May 28, 2018 Merolagani

बीमा व्यवसायमा वित्तीय स्रोतको विस्तार भएको छ । सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्बेक्षण सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा २९.४ प्रतिशतले बढेको तथ्यांक प्रस्तुत गरेको छ । अर्थमन्त्रालयका अनुसार बीमकको लगानी योग्य रकम समेत क्रमश वृद्धि हुँदै आएको छ ।

बीमा क्षेत्रमा नयाँ कम्पनीहरुको आगमन तथा पुराना कम्पनीलाई चुक्तापुँजी बृद्धि गर्न बीमा समितिको बाध्यात्मक निर्देशनले यस क्षेत्रको वित्तीय स्रोत विस्तार भएको हो । बीमा समितिले २०७५ असार सम्ममा जीवन बीमा कम्पनीको दुई अर्ब र निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

चालु आर्थिक वर्षको आठ महिना सम्ममा बीमा व्यवसायको कुल वित्तीय श्रोत तथा उपयोग २ खर्ब ४० अर्ब ५७ करोड रुपैयाँ रहेको छ । त्यस मध्ये जीवन बीमा कम्पनीहरुको १ खर्ब ९९ अर्ब ५६ करोड र निर्जीवन बीमा कम्पनीहरुको ४१ अर्ब ७० करोड रुपैयाँ वित्तीय श्रोत रहेको छ । गत आर्थिक वर्षको यस अवधिमा १ खर्ब ८५ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

अर्थमन्त्रालयका अनुसार जीवन तथा निर्जीवन व्यवसाय गर्ने बीमाको लगानी योग्य रकम क्रमश वृद्धि हुँदै आएको छ । आर्थिक बर्ष ०७०/०७१ मा ७५ अर्ब ७८ करोड रहेको लगानी योग्य रकम आर्थिक बर्ष ०७४/०७५ को अन्त्यसम्म एक खर्ब ८८ अर्ब ९० करोड पुग्ने सरकारको अनुमान छ ।

०७२ सालको भूकम्पको कारण निर्जीवन बीमा कमपनीहरुको कुल दाबी संख्या १७ हजार ७९९ र अनुमानित क्षति रकम १६ अर्ब ६९ करोड रहेको थियो । चालु आर्थिक बर्षको आठ महिनासम्ममा कुल दाबी संख्या १७ हजार ४५८ र १३ अर्ब ८३ करोड दाबी रकम फछर्यौट भएको अर्थमन्त्रालयले जनाएको छ । यसअवधिमा कुल दाबीमध्ये ९८ प्रतिशत र कुल रकममध्ये ८२.८ प्रतिशत फछर्यौट भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

२०७४ फागुन मसान्तमा बीमा कम्पनीहरुको संख्या ३९ पुगेको छ । स्वामित्व संरचनाको आधारमा १८ जीवन बीमा कम्पनी, २० निर्जीवन बीमा कम्पनी र एक पुर्नबीमा कम्पनीले व्यवसाय संचालन गर्दै आएका छन् । यस्तै विदेशी बीमा कम्पनीको शाखाको रुपमा ३ बीमा कम्पनी, विदेशी बीमा कम्पनीको संयुक्त लगानीमा ३ बीमा कम्पनी, निजी स्वामित्वमा ३० बीमा कम्पनी र सरकारी स्वामित्वमा ३ बीमा कम्पनीहरु रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।