बैंकबाट डेबिट र क्रेडिट कार्ड लिएका बैंकका ग्राहक एवं कर्मचारीले उक्त अस्पतालमा उपचार गराउँदा छुट पाउने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकको भारतस्थित सम्पर्क कार्यालयका प्रमुख ज्वाला शर्मा र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालको तर्फबाट कार्यकारी निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरेका छन् ।
क्रोन ल्याबरेटोरी तथा रेफरल सेन्टरसँग पनि बैंकले सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र के ल्याबका प्रशासकीय निर्देशक कान्ति थापाले हस्ताक्षर गरेका हुन् ।
के ल्याबले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा बैंकबाट डेबिटरक्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको बताएको छ ।