शाखा उद्घाटन गर्दे मुख्यमन्त्री गुरुङ्गले अहिलेको यात्रा समृद्घीको यात्रा रहेकोले यसलाई पुरा गर्न बंैक तथा वित्तीय संस्थाहरुबीच सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । उनले अहिलेको प्राथमिकता पर्यटन,उर्जा कृषि र उद्योग व्यापार रहेकाले बैकहरुले पनि यी क्षेत्रहरुलाई प्राथमिकता दिएर अगाडी बढ्नु पर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्घता व्यक्त गरे । बैंकले उक्त शाखा कार्यालयबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ ।
गण्डकीले आ.व. २०७४/ ७५ को तेश्रो त्रैमासमा २० अर्ब ४३ करोड निक्षेप संकलन गरि १८ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ । बैंकले ५९ वटा शाखा कार्यालय सञ्चालन गरिरहेको छ भने चालू आवमा १८ वटा शाखाहरु सञ्चालनमा ल्याउने जनाएको छ ।
यससँगै बैंकको सातै प्रदेशबाट वैकिङ्ग सेवा प्रदान हुनेछ भने शाखा कार्यालयको संख्या ७७ पुग्नेछ ।