गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ओम डेभलपमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात ओम डेभलपमेण्ट बैंकका ५२ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने भएको छ ।