सरकारले बजेट मार्फत कृषि, उर्जा र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । उच्च प्राथमिकतामा परेको कृषि क्षेत्रलाई ५ वर्षमा कृषि उत्पादन दोब्बर पार्ने घोषणा गरेका छन् ।
कृषि जन्य उत्पादनको बृद्धिकालागि मुल्य श्रृखलामा आधारित उत्पादनको विस्तार र थप कृषि व्यवसायिकरण गर्न कृषि, पशुपन्छी तथा मत्स्यपालनको बीमालाई निरन्तरता दिएको छ । सरकारले यस अघि दिदैं आएको कुल बीमा शुल्कमा ७५ प्रतिशत अनुदानलाई निरन्तरता दिएको हो । कृषि बीमाको लागि आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्रीले घोषणा गरेका छन् ।
सरकारले स्वदेशमै व्यवसाय गर्नेहरुलाई व्यसायको सुनिश्चितको प्रत्याभुत गर्न व्यवसायको बीमालाई प्रोत्साहान गरेको छ । लघुबीमा कार्यक्रम मार्फत न्युन आय भएकाहरुलाई पनि बजेटमा विशेष समाबेश गरिएको छ । गरिब जनताको जोखिम न्यूनिकरण गर्न र बीमाको पहुँच बिस्तार गर्न अर्थमन्त्रीले लघु बीमालाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरका छन् ।
बीमा कम्पनीलहरुले आफ्नो ब्यवसायको १० प्रतिशत अनिवार्य लघु बीमा गर्न पनि निर्देशन दिएको छ । नेपालमा संचालित बीमा कम्पनीहरुले बीमा लेखाङ्कको न्युनतम २० प्रतिशत अनिवार्य रुपमा नेपालको एक मात्रै पुर्नबीमा कम्पनी नेपाल पुर्नबीमा कम्पनीमा पुर्नबीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।
सरकारले सामाजिक सुरक्षा अन्र्तगत संचालन गर्दै आएको स्वास्थ्य बीमालाई पनि निरन्तरता दिएको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ, भरपर्दो र गुणस्तरीय बनाउने उल्लेख गर्दे आधारभुत स्वास्थ्यमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम मुलुकभर विस्तार गरिने बजेट बक्त्तव्यमा उल्लेख छ ।
यस्तै पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्तिकोषलाई पत्रकारको हित र कल्याणमा परिचालन गर्न अनुदानको व्यवस्था गरेको उल्लेख छ ।
राष्ट्रसेवक कर्मचारीहरुको तलब बृद्धि नगरेपनि महंगी भत्ता २ हजार र पोशाक सुविधा वृद्धि गरी १० हजार रुपैयाँ पुर्याएको छ । यस्तै कर्मचारीहरुको सावधिक जीवन बीमाको बीमाङ्क वृद्धि गरी दुईलाख पुर्याएको छ । बीमा प्रिमियमको ५० प्रतिशत नेपाल सरकार र ५० प्रतिशत कर्मचारी आफैले ब्योहोनु पर्ने बजेट वब्त्तब्यमा उल्लेख छ ।
सरकारले घोषण गरेको बजेटले जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लोपोन्मुख आदिवासी जनजाति लगायतलाई हाल राज्यले दिदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्दै अन्य सुबिधाहरु बृद्धि गर्दै लाने जनाएको छ । वृद्धभत्ता नबढाए पनि बरु बृद्धवृद्धाको उपचार खर्चमा ७० वर्ष भन्दा माथिका सबै जेष्ठ नागरिकहरुलाई एक लाख सम्ममा बीमाङ्क रकमको स्वास्थ्य बीमा शुल्क सरकारले व्योहोर्ने जनाएको छ ।