सेञ्चुरीको सुर्खेत, दैलेख र दाङमा शाखा विस्तार

May 30, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले आफ्नो बैंकिङ्ग पहुच पु¥याउने उद्देश्य सहित सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका, दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं १ नयांबजार र दाङ जिल्लाको घोराही नगरपालिका शहिद गेटमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूले स्थानिय जनप्रतीनिधिहरु तथा उद्योग वाणिज्य संघका प्रतीनिधिहरुको उपस्थितीमा बैंकले औपचारिक रुपमा शाखा उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत श्री तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।